धरान : धरानमा आज थप ४६ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार धरान १८ का २४ जना, धरान १६ का ३ जना, धरान १९ का १ जना, धरान १७ का २ जना, धरान ८ का ५ जना, धरान १२ का १ जना, धरान ५ का १ जना, धरान १४ का १ जना, धरान ३ का १ जना, धरान १३ का १ जना, धरान ११ का २ जना, धरान १५ का २ जना, धरान १० का १ जना र धरान ९ का १ जना रहेका छन् ।

 धरान १८ का अधिकांश बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरतहरू हुन सक्ने अनुमान गरिएको छ । सङ्क्रमितहरूको विवरण लिने काम भइरहेको बताइएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ८७ पुगेको छ ।