झापा : झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना सङ्क्रमण भएको छ ।

मेयरमा कोरोना सङ्क्रमण भयसँगै अरू केही पदाधिकारीमा पनि कोरोना सङ्क्रमण भएपछि दमक नगरपालिकाले सोमबार एक सूचना जारी गरी असोज २३ गते सम्मका लागि दमक नगरपालिका र सबै वडाहरूमा अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।

मेयर ओलीलाई सोमबार कोरोना पुष्टि भएको हो । यस्तै दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । मेयर ओलीकी श्रीमती लिलामा आइतबार सङ्क्रमण देखिएको थियो ।

Damak-Suchana