धरान : धरान-१५ मा स्कुटर र मिनी ट्याक्टर एक आपसमा ठोक्किँदा धरान-१४ का गोकुल तामाङको मृत्यु भएको छ ।
आज (मंगलबार) बिहान करिब १० बजे धरान-१५ स्थित त्रिवेणी मार्गमा भएको दुर्घटनामा स्कुटरको पछाडि बसेका तामाङको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते बनेका तामाङलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरानमा लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले बताए ।

प्रहरीका अनुसार एकै दिशातर्फ गइरहेका को १ च ८८०१ को मिनी ट्याक्टर र को ३० प १२९६ को स्कुटर एक आपसमा ठोक्किएका हुन  ।

ट्याक्टर र स्कुटर एकै दिशातर्फ गइरहेको बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । स्कुटर चालक सुस्मन मैनाली र ट्याक्टर चालक तुलसी बि.क.लाई अनुसन्धानकोलागि नियन्त्रणमा लिएको छ ।