धरान : बिपी अध्ययन प्रतिष्ठान नेपालको इटहरी उपमहानगरपालिका समिति गठन भएको छ ।

समितिको अध्यक्षमा दिवश शर्मा, उपाध्यक्ष तर्फ रामु कार्की र बाबुराम बराल, सचिव तर्क सुमन घिमिरे र राम निरौला, सह-सचिवमा बिपना राई र कोषाध्यक्षमा दीपशिखा कोइराला चयन भएका छन् । यस समितिमा १४ सदस्य समेत रहेका छन्।

बिपी कोइरालाको राजनीति बिचार, मौलिक दर्शन, साहित्य रचनाहरू, सामाजिक राजनीतिक लेख संग्रहहरूको वर्तमान परिस्थितिमा पनि उत्तिकै महत्त्व रहेकाले बिपीका विचार र त्यसका महत्त्वलाई छलफल, बहस एवम् संवादद्वारा प्रचार-प्रसार गर्न नेपालभरिका प्रदेशहरूमा जिल्लाहरू समिति गठन गरिएका प्रतिष्ठानले जनाएको छ।

जसमा नेपाली काँग्रेसमा आबद्ध युवाहरू समेटेर बिपी अध्ययन प्रतिष्ठान नेपाल सुनसरीका अध्यक्ष विकास आचार्यले जानकारी दिए।