धरान : धरानमा मङ्गलवार साँझ ७९ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

सोमबार धरान-१७ को एन्फा क्वारेनटाइनमा स्वाब लिएका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएका मध्ये बाट मङ्गलवार साँझ ७९ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

कोरोना सङ्क्रमित हुनेहरूमा दुई जना वडाध्यक्ष, २० नम्बर वडा कार्यालयका एक जना कर्मचारी, ३ नम्बर वडाको कर्मचारी, धरान उपमहानगरपालिकाको शिक्षा शाखाका एक  सहित २ जना कर्मचारी र धरानका एक जना सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए । 

कोरोना सङ्क्रमित हुनेहरूमा धरान ९ मा ४ जना,  धरान १८ मा ७ जना, धरान ११ मा ३ जना, धरान १६ मा ७ जना, धरान १७ मा २ जना, धरान १९ मा ४ जना, धरान १३ मा ५ जना, धरान ७ मा ८ जना, धरान १५ मा ६ जना, धरान २ मा ५ जना, धरान १ मा ३ जना, धरान १२ मा ७ जना, धरान ८ मा ६ जना, धरान १४ मा ४ जना, धरान ३ मा ६ जना, धरानको वडा उल्लेख नभएका २ जना गरी जम्मा ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ६६ पुगेको छ भने अहिले सम्म धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको सङ्ख्या १० पुगेको छ ।