धरानमा : धरानमा मङ्गलवार साँझ फेरि पनि थप ३२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो सँगै मङ्गलवार मात्रै धरानमा १ सय ५७ जना कोरोना सङ्क्रमित एकै दिन थपिएका छन् ।

धरानमा मङ्गलवार साँझ अबेर थपिएकाहरूमा धरान ९ का २ जना, धरान ८ का २ जना, धरान ६ का २ जना, धरान १७ का ७ जना, धरान १९ का १ जना, धरान ३ का २ जना, धरान १३ का १ जना, धरान २ का १ जना, धरान ५ का १ जना, धरान १८ का ८ जना र धरान १५ का ५ जना गरी ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

 यो सँगै धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय ९८ पुगेको छ । मङ्गलवार बिहान ४६ जना, साँझपख ७९ जना राति ८ बजे थप ३२ जना गरी धरानमा एकै दिन १ सय ५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

लकडाउन खुले सँगै धरान कोरोना सङ्क्रमण तीव्र गतिमा भइरहेको छ । सर्वसाधारणको अटेरीपन, बजारमा हुने भिडभाड र सम्बन्धित निकायले कोरोना सङ्क्रमणको जोखिमको बारेमा सजगता नअपनाएको कारण धरानमा कोरोना सङ्क्रमित बढेको बताइन्छ ।