धरान : धरान उपमहानगर पालिकामा अत्यधिक मात्रमा कोरोना सङ्क्रमित बढ्न थालेपछि धरान उपमहानगरपालिकामा सर्वदलीय सर्वपक्षीय बैठक बस्दै छ । 

लकडाउन खुले पछि धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक जसो अत्याधिकरुपमा बढिरहेकोले धरान कोरोनाको उच्च जोखिममा परेकोले गर्दा अव कोरोना सङ्क्रमणलाई रोक्न के गर्न सकिन्छ ? भन्ने विषयमा सर्वदलीय–सर्वपक्षीय बस्ने धरान उपमहानगरपालिकाले जनाएको छ । 

बैठकमा धरानमा कोरोना सङ्क्रमणको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने विषयमा धरानका राजनीतिक दल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रतिनिधि, उद्योगी व्यवसायी स्वास्थ्यकर्मी, बुद्धिजीवी लगायतको बैठक बस्ने भएको हो ।

कोरोना संक्रमणदर अत्यधिक बढेपछि अव लकडाउन गरेर अघि बढ्ने की ? के गर्ने भन्ने बारेमा छलफल भएर निर्णय हुने बताइएको छ । 

धरानमा हिजो एकै दिन १५७ जना कोरोना सङ्क्रमित थपिएका थिए भने धरानमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ७९८ पुगेको छ ।