विराटनगर : प्रदेश १ मा आज ३४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १६२, सुनसरीमा १३५, झापामा ३३, धनकुटामा ४, भोजपुर र इलाममा २–२, पाँचथरमा १ र प्रदेश १ बाहिरका ४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १३७ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण  देखिएका मध्ये ५७ महिला र ८० पुरुष छन् । मोरङको पथरीशनिश्चरेमा ४ पुरुष, रतुवामाईमा २ महिला १ पुरुष, रंगेलीमा २ महिला १ पुरुष, बेलबारीमा १ महिला २ पुरुष, सुन्दरहरैचामा २ महिला १ पुरुष, बुढीगंगा र ग्रामथानमा २–२ पुरुष, उर्लाबारी र धनपालथानमा  १–१ पुरुष र स्थानीय तह नखुलेका १ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

यता सुनसरीको धरानमा ५३ महिला ६१ पुरुष, इटहरीमा ५ महिला ३ पुरुष, बराह क्षेत्र र दुहबीमा २–२ पुरुष, भोक्राहानरसिंहमा २ महिला, गढी, हरिनगर, रामधुनी, इनरुवामा १–१ पुरुष, बर्जुमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको बिर्तामोडमा २ महिला ४ पुरुष, भद्रपुरमा ६ पुरुष, दमकमा ३ महिला ३ पुरुष, गौरादहमा २ महिला २ पुरुष, मेचीनगरमा १ महिला १ पुरुष, कमल गाउँपालिकामा २ पुरुष, कचनकवलमा १ महिला, अर्जुनधारा, हल्दिबारी र शिवसताक्षीमा १–१ पुरुष र स्थानीय तह नखुलेका ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

धनकुटाको महालक्ष्मीमा २, धनकुटा नगरपालिकामा १ र स्थानीय तह नखुलेका १ पुरुष, भोजपुरमा १ महिला १ पुरुष, इलामको माङ्सेवुङ र देउमाईमा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र प्रदेश १ बाहिरका ४ पुरुषमा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ८ हजार ४४७ पुगेको छ । प्रदेश १ मा आज १० जना डिस्चार्ज भएका छन् । उनीहरू सबै मेची अस्पतालबाट डिस्चार्ज भएका हुन । हालसम्म ४ हजार १३२ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार ३१० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २०७ पुरुष रहेका छन् । हालसम्म १ लाख ३० हजार ६७१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।