झापा : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठन झापाका जिल्ला अध्यक्ष सम्राट पक्राउ परेका छन् ।

उनलाई सोमबार बेलुका दोमुखा स्थित घरमा परिवारसँग बसिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो ।

विप्लव माओवादीले उनको तत्काल रिहाइ गर्न माग गरेको छ । आइतबार मात्रै उक्त संगठनले झापाको शिवसताक्षीमा पार्टीको जिल्ला चौथो सम्मेलन सम्पन्न गरेको थियो ।

पक्राउ परेका सम्राटलाइ जिल्ला सम्मेलनले अध्यक्षमा सर्वसम्मत चुनेको थियो ।