धरान : धरानमा आज बिहानै ४८ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८ सय ८६ पुगेको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताका अनुसार आज थपिएकाहरूमा सबै भन्दा धेरै धरान १८ का रहेका छन् भने एक जना सञ्चारकर्मी र उनको श्रीमतीमा कोरोना पुष्टि भएको छ ।

सङ्क्रमितहरूको विवरण लिने क्रम भइरहेको प्रमुख मेहेताले बताएका छन् ।