धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत एक जना धरान १० का कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा, आशिष श्रेष्ठका अनुसार धरान १० का ३९ बर्षीय पुरुषको उपचारको क्रममा आज बिहान ४ः३० बजे मृत्यु भएको हो । 

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ । प्रतिष्ठानमा उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।