विराटनगर : प्रदेश १ मा आज ४११ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र ताप्लेजुङमा २–२, धनकुटा, खोटाङ, सङ्खुवासभा, तेह्रथुममा १–१ जना र प्रदेश १ बाहिरका १७ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १०० जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिएकामा ३४ महिला र ६६ पुरुष छन् । मोरङको रंगेलीमा ४ महिला ८ पुरुष, बेलबारीमा ३ महिला ६ पुरुष, उर्लाबारीमा ३ महिला ५ पुरुष, बुढीगंगामा २ महिला ५ पुरुष,लेटाङमा ५ महिला २ पुरुष, सुन्दरहरैचामा ३ महिला २ पुरुष, कटहरीमा २ महिला ३ पुरुष, धनपालथानमा ४ महिला २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला २ पुरुष, कानेपोखरीमा १ महिला १ पुरुष, सुनबर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यसै गरी सुनसरीको इटहरीमा २८ महिला ४० पुरुष, धरानमा २४ महिला २८ पुरुष, दुहबीमा २ महिला १० पुरुष, रामधुनीमा ६ पुरुष, इनरुवामा १ महिला ४ पुरुष, गढीमा २ महिला १ पुरुष, बराहक्षेत्रमा १ महिला २ पुरुष,भोक्राहानरसिंहमा २ पुरुष, बर्जु र देवानगञ्जमा १–१ पुरुष र स्थानीय तह नखुलेका १ पुरुष १ महिलामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको मेचीनगरमा ४ महिला ७ पुरुष, भद्रपुरमा २ महिला ७ पुरुष, दमकमा ५ महिला १ पुरुष, बिर्तामोडमा १ महिला ३ पुरुष, हल्दिबारी, अर्जुनधारा र बाह्रदशीमा १–१ पुरुष, शिवसताक्षीमा १ महिला र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, उदयपुरको बेलकामा ४ महिला ७ पुरुष, त्रियुगामा ३ महिला, चौदण्डीगढीमा १ महिला १ पुरुष, उदयपुरगढीमा १ पुरुष र स्थानीय तह नखुलेका १ महिला १ पुरुष, भोजपुरमा २ पुरुष, इलामको माईमा १ पुरुष, सन्दकपुरमा १ महिला, ताप्लेजुङको फुङ्लिङमा १ महिला, स्थानीय तह नखुलेका १ पुरुष, खोटाङमा १ पुरुष, तेह्रथुममा १ पुरुष, सङ्खुवासभाको चैनपुरमा १ महिला, धनकुटामा १ महिला र प्रदेश १ बाहिरका ५ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमितका सङ्ख्या ८ हजार ८५७ पुगेको छ ।

प्रदेश १ मा आज ४५८ जना डिस्चार्ज भएका छन् । होम आईसोलेसनबाट ४२१, जिल्ला अस्पताल सङ्खुवासभामा २१, विराट मेडिकल कलेजबाट १६ जना डिस्चार्ज भएका छन् । हालसम्म ४ हजार ६६२ जना डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा आज १ हजार ६६१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५८ महिला र २५३ पुरुष छन् । हालसम्म १ लाख ३२ हजार ३३१ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।