धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा आज थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डा. आशिष् श्रेष्ठका अनुसार झापाको दमक नगरपालिका १ का ५२ वर्षीय पुरुषको उपचारको क्रममा आज मृत्यु भएको हो ।

यसै गरी धरान ८ का ४६ वर्षीय एक जना कोरोना सङ्क्रमित पुरुषको पनि मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । 

प्रतिष्ठानले हिजो नै मृत्यु भएका धरानका ८ का सङ्क्रमितको बारेमा भने बिहीबार साँझ मात्रै जानकारी दिएको हो । यो सँगै धरानमा मात्रै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।