इटहरी : इटहरी उपमहानगरपालिकामा बिहीबार साँझ थप ४२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

असोज १९ र २० गते स्वाब लिईएको मध्ये सङ्क्रमित हुनेहरूमा इटहरी-२ का ४ जना ३६,४९,५७ वर्षीय पुरुष र ३० वर्षीय महिला, इटहरी-४ का ७ जना  २५,३०,३७,५७, ५८,६५, र ७२ वर्षीय पुरुष, इटहरी-५ का ८ जना  १०,२७,२७,२८,५०,५५,६१ वर्षीय पुरुष र ३८ वर्षीय महिला, इटहरी-६ का ४ जना ३८ वर्षीय पुरुष र २५,२५,२९ वर्षीय महिला, इटहरी-७ का २ जना ३२,४० वर्षीय पुरुष, इटहरी-८ का १ जना ६४ वर्षीय पुरुष, इटहरी-९ का १ जना ३३ वर्षीय महिला, इटहरी-१२ का १ जना ४८  वर्षीय पुरुष, इटहरी-१३ का २ जना ६२ वर्षीय पुरुष र ३४ वर्षीय महिला, इटहरी-१६ का १ जना ३६ वर्षीय महिला, इटहरी-१७ का ५ जना २६,२६,३८,वर्षीय पुरुष र ३२,६५ वर्षीय महिला, इटहरी-१८ का १ जना ३६ वर्षीय पुरुष, इ.प्र.का. इटहरीका १ जना ३९ वर्षीय पुरुष, सुन्दरहरैचा न.पा. का १ जना २३ वर्षीय महिला रहेका छन् ।

त्यसैगरी विभिन्न अस्पतालमा आफै परीक्षण गरेका मध्ये इटहरी २  का १ जना ३५ वर्षीय महिला, इटहरी ५ का १ जना ५५ वर्षीय पुरुष र इटहरी १७ का १ जना ५५ वर्षीय महिला रहेका छन् । 

यो सँगै इटहरीमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या  ६९५ पुगेको छ भने कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ ।