धरान : धरान उपमहानगरपालिकाले एन्फा क्वारेनटाइनमा आज ज्वरो आएका र कोरोनाको लक्षण देखिएका २ सय ३५ जनाको स्वाब लिएको छ ।

पहिले कोरोना सङ्क्रमितको कनट्र्याक्ट ट्रेसिङ र विदेशबाट आएर एन्फा क्वारेनटाइनमा बसेकाहरूको मात्रै स्वाब लिने गरेकोमा अहिले कोरोना सङ्क्रमण बढेसँगै कोरोना परीक्षण गर्नेहरूको सङ्ख्या पनि बढेको छ ।

यो क्रममा बिहीबार कोरोना सङ्क्रमितको क्लोज कनट्र्याक्टमा रहेका र लक्षण भएका २ सय ३५ जनाको स्वाब संकलन गरिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए ।

उनका अनुसार बिहीबार अबेर सम्म संकलन गरिएको स्वाब आज ढिलो भएकोले बिपीमा बुझाउन नसकिएको र भोलि बिहान बुझाउने बताइएको छ । भोलि बुझाइएको स्वाबको रिपोर्ट आइतबार सम्ममा आउने बताइएको छ ।