धरान : धरानमा आज बिहानै ४८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार वडानं. १ मा १ जना पुरुष, वडा नं २ मा १ महिला २ पुरुष, धरान ७ मा १ पुरुष, धरान ९ मा १ पुरुष, धरान ११ मा २ पुरुष, धरान १३ मा १ पुरुष, धरान १५ मा ३ महिला १ परुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी धरान १६ मा १ महिला १ पुरुष, धरान १७ मा १ पुरुष, धरान १८ मा १६ महिला १० पुरुष, धरान १९ मा १ पुरुष र धरान २० मा १ पुरुष गरी जम्मा ४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ९ सय ३४ पुगेको छ ।