धरान :  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा इटहरी र दुहबीका दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । 

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा। आशिष् श्रेष्ठका अनुसार इटहरी ६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । 

यो सँगै प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको छ ।