धरान : प्रहरी पोस्ट विष्णुपादुका धरानले धरान २० को तल्लो खैरेमा ६ सय बोट गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतका अनुसार बिहीबार धरान २० को तल्लो खैरेमा पाखामा गाँजाका बोटहरू रहेको सूचना प्रहरीले पाएकोले ६ सय बोट गाँजा नष्ट गरिएको हो ।

यति धेरै गाँजाका बोट फेला पर्नुको बारेमा प्रहरीले आवश्यक अनुसन्धान कार्य सुरु गरेको प्रहरीले जनाएको छ ।