धरान : सुनिहाङ्मा लिम्बुको मृत्युकाे कारण अझै अनुत्तरित रहेको भन्दै सुनिहाङ्माका ससुरा भीम माबोले विज्ञप्ति जारी गरेका छन् ।

अहिले सिंगापुरमा रहेको सुनिहाङमाका श्रीमान् आइत माबोको फेसबुक आइडी लगइन गरी अरू कसैले बुहारीलाई नग्न तस्बिर मागेर व्लाकमेलिङ गरेकोले उनले आत्महत्या गर्न बाध्य बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसरी व्लाकमेलिङ गरेपछि मृतकका मामा श्रीमान् कुरुम्भङको सल्लाहमा निवेदन पनि दिइएको थियो । यो घटनाको बारेमा सुनिहाङ्माका मामा श्रीमान कुरुम्भङलाई सबै कुरा थाहा भएकोले यो घटनाको अनुसन्धानमा सहयोग गर्न पनि अनुरोध गरिएको छ ।

सुनिहाङमाको माइती पक्षले लगाएको आरोपले शोकमाथि थप पिडा दिएको उल्लेख गर्दै विज्ञप्तिमा बुहारीले न्याय पाउने आशामा आफूहरू दुधे बच्चा छोडेर पनि प्रहरी हिरासतमा २८ दिन बसेको उल्लेख गरिएको छ ।

सुनिहाङ्माको मृत्यु प्रकरणबारेमा सुनसरी जिल्ला अदालतमा मुद्दा चलिरहेकोले अनुसन्धानकालागि घटनाको सत्य तथ्य छानबिन गरी बुहारीलाई आत्महत्या गर्न बाध्य पार्ने दोषी पत्ता लगाई कडा भन्दा कडा कारबाहीको माग पनि ससुराले विज्ञप्ति मार्फत गरेका छन् ।

सुनिहाङ्माका माइती पक्षले भने मृतकका श्रीमान् आइत माबोलाई नेपाल झिकाएर अनुसन्धानको दायरामा ल्याउन माग गर्दै आएका छन् ।

Bigyapti Postmartam-Report