विराटनगर : प्रदेश १ मा आज ४८५ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

दैनिक सङ्क्रमण सङ्ख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०, धनकुटामा ७, सङ्खुवासभामा ६, उदयपुरमा ५, भोजपुर र ताप्लेजुङमा ४-४, खोटाङमा २, तेह्रथुम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ३९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 
मन्त्रालयका अनुसार विराटनगरमा १५२ जनामा सङ्क्रमण देखिएको छ । सङ्क्रमण पुष्टि भएकामा ५१ महिला र १०१ पुरुष छन् । मोरङको सुन्दहरैचामा ४ महिला १४ पुरुष, जहदामा ३ महिला ११ पुरुष, बुढीगंगामा ६ महिला ७ पुरुष, कानेपोखरीमा २ महिला ७ पुरुष, ग्रामथानमा १ महिला ६ पुरुष, कटहरीमा ३ महिला ३ पुरुष, रतुवामाईमा १ महिला २ पुरुष, पथरीशनिश्चरे र उर्लाबारीमा २-२ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, लेटाङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । 

सुनसरीको धरानमा २७ महिला ३३ पुरुष, इटहरीमा २४ महिला ३५ पुरुष, इनरुवामा २ महिला ४ पुरुष, हरिनगरमा ३ पुरुष, गढी, दुहबी र बर्जुमा २-२ पुरुष, बराहक्षेत्रमा १ महिला १ पुरुष, देवानगञ्जमा २ महिला, भोक्राहा नरसिंहमा १ पुरुष र स्थानीय तह नखुलेका ४ पुरुष, झापाको भद्रपुरमा १ महिला १४ पुरुष, मेचीनगरमा ४ महिला ३ पुरुष, दमक र बिर्तामोडमा ४-४ पुरुष, गौरीगञ्ज, कनकाई र स्थानीय तह नखुलेका १-१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

इलामको इलाम नगरपालिकामा ७ पुरुष, सुर्योदय, चुलाचुली र स्थानीय तह नखुलेका १–१ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला ५ पुरुष, महालक्ष्मीमा १ पुरुष, सङ्खुवासभाको सभापोखरीमा २ पुरुष, खाँदबारीमा १ पुरुष, चैनपुरमा १ महिला र स्थानीय तह नखुलेका २ पुरुष, उदयपुरको त्रियुगामा २ पुरुष, कटारीमा १ पुरुष, स्थानीय तह नखुलेका २ पुरुष, भोजपुरको भोजपुर र आमचोकमा १–१ पुरुष, टेम्केमैयुङमा १ महिला र स्थानीय तह नखुलेका १ पुरुष, ताप्लेजुङमा १ महिला ३ पुरुष, खोटाङको दिक्तेलरुपाकोट मझुवागढी र स्थानीय तह नखुलेका १-१ पुरुष, तेह्रथुमको लालीगुराँसमा १ पुरुष, ओखलढुङ्गाको चिशंखुगढीमा १ पुरुष र प्रदेश १ बाहिरका ११ महिला २८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ९ हजार ३४१ पुगेको छ । प्रदेश १ मा आज ११३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सबै होम आइसोलेसनका रहेका छन् । हालसम्म ४ हजार ७७४ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ हजार ४४३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका  मध्ये १४९ महिला ३३६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ३४ हजार ७७३ जनाको परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।