धरान : धरानमा शुक्रवार दिउसो २ जना र साँझमा थप ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

शुक्रवार साँझ थपिएकाहरूमा ३९ जना पुरुष र ३० महिला गरी जम्मा ६९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

शुक्रवार बिहान ४८ जना र दिउसो २ जना र साँझमा ६९ जना गरी जम्मा धरानमा एकै दिन ११९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

धरानमा हिजो विभिन्न निश्चित स्थानहरू मात्रै कोरोनाको हटस्पट बनेका थिए भने अहिले पछिल्लो समय धरान पुरै कोरोनाको हटस्पट बनेको छ ।

धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या यस्तै गतिमा बढेमा धरान भयावह बन्ने स्वास्थ्य विज्ञहरूको भनाई छ ।