धरान : झापामा भन्सार छलेर ल्याउँदै गरेको एक लाख पचास हजार बराबरको पटका सहित एक जना मानिसलाई प्रहरीले नियन्त्रण लिएको छ ।

झापाको भद्रपुर-३ पैँतिस लाइनमा महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले मे १ह ३४१३ नम्बरको अटो चालक भद्रपुर-४ बस्ने वर्ष ४२ को ढाक्रे राजवंशीलाई पक्राउ गरेको झापा जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

भारतबाट नेपाल तर्फ अवैध रूपमा भन्सार छलेर ल्याउँदै गरेको ५८ बन्डल र ९ २ हजार ९ सय प्याकेट रहेको बजारको मूल्य अनुसार १ लाख पचास ५० हजार बराबरको खुर्सानी पटका बरामद गरेको थापाले बताए ।

बरामद पटका, अटो र अटो चालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागी भद्रपुरमा राखिएको प्रहरीले जानकारी दिएको छ ।