धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहप्रवक्ता डा। आशिष श्रेष्ठले दिएको जानकारी अनुसार धरान ८ का एक जना ६२ बर्षीय महिला, दुहबी नगरपालिकाका ६५ बर्षीय पुरुष र धनकुटाका एक जना ६१ बर्षीय महिला सहित ३ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

यो संगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४९ जनाको मृत्यु भएको छ ।