धरान : झापाको मेचीनगर नगरपालिका ७ मेची खोला बगरबाट ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा सोही स्थानका १८ वर्षीय राज सुबेदी शर्मा र मेचीनगर ८ का २० वर्षीय सौगात राई रहेका छन् ।  विशेष सुराकका आधारमा लागु औषध ब्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई आज बिहान पक्राउ गरेको हो ।

पक्राउ परेसँगै उनीहरू माथि चेक गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ परेका दुवै जनामाथि इलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।