धरान : धरानमा आज बिहानै ८६ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

आज बिहान थपिनेहरूमा धरान उपमहानगरपालिकाको शिक्षा महाशाखाका कर्मचारी, एक सञ्चारकर्मी र मेयरका सहयोगी सहित ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

केही धरान उपमहानगरपालिकाले लिएको स्वाब र अरू बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हेल्प डेस्कमा लिईएको स्वाब मध्ये आज ८६ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो । एन्फा क्वारेनटाइनमा लिईएको स्वाबको रिपोर्ट आउन बाँकी नै रहेको छ ।