धरान : सुनसरीको विभीन्न स्थानमा दुर्घटनामा परि तिन जनाको मृत्यु भएको छ ।

सुनसरी भोक्राहा नर्सिङ-१ राजमार्गमा प्रदेश न. २-०१-००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकील मियालाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

हिजो विहान पौने १० बजे बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भिर घाईते भएका सोकीलको न्युरो अस्पताल बिराटनगरमा उपचारको क्रममा साझँ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यसैगरी हिजो अपरान्ह सवा ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङकरले को १७ प ६९८१ नम्बरको मोटरसाईकल लाई ठक्कर दिदा मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ सुन्दरहरैचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

ठक्कर दिने मोटरसाईकल, मोटरसाईकल चालक सिराहा लहानका १९ को नरेन्द्र कुमार दास र ट्याङकर, ट्याङकर चालक ईलामका २४ बर्षीय निरस हुमागाई नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

यस्तै हिजो राती पौने १२ बजे सुनसरी भोक्राहानरसिंह-१ खोनिया पुल स्थित राजमार्गमा ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नामथर वतन खुल्न नसकेकी ३७(३८ बर्षीया महिला रहेकी जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनि ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत अवस्थामा फेला परेकी थिईन ।

उनको शव जिल्ला अस्पताल ईनरुवा सुनसरीमा राखीएको छ । यता ट्रक चालक सुनसरी लालपुर-४ का ३२ बर्षीय अनुप चौधरी घाईते भएकोमा उनको विराट नर्सीङहोम विराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।