धरान : पछिल्लो समय कोरोना सङ्क्रमण धरानमा अत्यधिक बढ्न थालेपछि भोलि देखि बजारमा स्वास्थ्य प्रोटोकल पालना भएको छ की छैन ? भनेर बजार अनुगमन हुने भएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलको उपस्थितिमा धरान उपमहानगरपालिकामा आज कोभिड १९ को सङ्क्रमणलाई नियन्त्रण गर्ने सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको हो ।

धरान उपमहानगरपालिकाका उपप्रमुख मञ्जु भण्डारी सुवेदीको संयोजकत्वमा बजारमा स्वास्थ्य प्रोटोकल पालना गरे नगरेको बारेमा बजारमा अनुगमन गर्ने निर्णय बैठकले गरेको छ । 

बजार अनुगमनको क्रममा यात्रु तथा सवारी साधनको समेत अनुगमन गरी स्वास्थ्य प्रोटोकल पालना नगर्नेहरूलाई कारबाही समेत गरिने निर्णय भएको धरान उपमहानगरपालिकाले जनाएको छ । 

बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेल, सुनसरीका प्रहरी प्रमुख कमल थापा, राष्ट्रिय अनुसन्धानका प्रमुख नगेन्द्र प्रसाद दाहाल, इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत, सशस्त्र प्रहरी गुल्म धरानका प्रमुख सुमन पोख्रेल, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गिरिधारी सापकोटा लगायतको उपस्थिति रहेको थियो । 

Nirnaya 1