धरान : धरानमा सोमबार साँझ थप १९ जना र इटहरीमा ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार सोमबार साँझ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिईएको स्वाबको नमुनाबाट १९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यस भन्दा अघि सोमबार बिहान धरानमा ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसै गरी इटहरी उपमहानगरपालिकामा थप ९८ जनामा सोमबार साँझ कोरोना सङ्क्रमित थपिएका छन् ।
इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार असोज २२ र २३ गते लिईएको स्वाब मध्येबाट ९८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

यो सँगै इटहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८ सय ७९ पुगेको छ भने १० जनाको मृत्यु भएको छ ।