धरान : धरानमा हिजो साँझ थपिएका १९ जना सहित आज बिहान १९७ जना कोरोना सङ्क्रमित थपिएका छन् । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले दिएको जानकारी अनुसार सञ्चारकर्मी, अधिकारकर्मी र प्रतिष्ठानका चिकित्सक समेत गरी १ सय ९७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

धरान १७ एन्फा क्वारेनटाइनमा लिईएको स्वाब मध्येबाट १९७ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।