धरान : मोरङको विभिन्न ठाउँमा दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरूको सेवा सुविधाकोलागी ट्राफिक प्रहरीले यात्रु सहायता डेस्क संचालन ल्याएको छ ।

सार्वजानीक यातायातमा क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले माद्यक पदार्थ सेवन गरेमा, कुनै पनि किसिमको दुब्र्यवहार, हिंसा गरेमा, कोभिड-१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको देख्नु भएमा वा थाहा पाएमा प्रहरीलाई गराउन सकिने मोरङका प्रहरी प्रमुख सन्तोष खड्काले जानकारी दिए ।

सार्वजानीक यातायातमा यात्रा गर्दा कुनै समस्या भएमा वा माथीका कुरा उलङ्घन गरेमा तल उल्लेखित नम्बरमा सिधै सम्पर्क गरेर प्रहरीलाइ जानकारी दिन वा नेपाल पुलिस मोबाइल एप समेत प्रयोग गरेर सूचना दिन सकिने प्रहरीले जानकारी दिएको छ ।

यात्रु डेक्स रहेको स्थान तथा सम्पर्क नम्बरहरू
१) जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ११ बसपार्क सम्पर्क नं. ९८४२१०४९११
२) जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं. १० विराटचोक सम्पर्क नं. ९८४२०७७०९४
३) जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. १ पूर्व बस स्टेन सम्पर्क नं. ९८२४९५९०१४
४) जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ३ पूर्व बस स्टेन सम्पर्क नं। ९८४३६९६०५१