धरान : आज बिहान कोरोना सङ्क्रमित हुनेहरू मध्येमा धरान उपमहानगरपालिकाका उपमेयरको सावरी चालकलाई पनि कोरोना पुष्टि भएको छ । 

हिजो बेलुका १९ जना सहित आज बिहान १९७ जनामा धरानमा कोरोना सङ्क्रमण पुष्टि भएकाहरू मध्येबाट धरान उपमहानगरपालिका ५ जना कर्मचारी सहित उपमेयरका सवारी चालकलाई पनि कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले बताए । 

आज थपिएकाहरूमा सञ्चारकर्मी, अधिकारकर्मी र चिकित्सकहरू पनि सङ्क्रमित भएको जनाइएको छ । यो सँगै धरानमा कोरोना सङ्क्रमित हुनेहरूको सङ्ख्या १३ सय ६९ पुगेको छ भने १६ जनाको मृत्यु भएको छ ।