धरान : धरानमा कोरोना संक्रमणदर वृद्धि सँगै मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा। आशिष् श्रेष्ठका अनुसार हिजो धरान १५ का एक ८६ वर्षीय पुरुषको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

उनको आज रिपोर्ट पोजेटिभ आएको हो । उनको स्वास्थ्य प्रोटोकल अनुसार नै शवको व्यवस्थापन गरिएको बताइएको छ ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

अहिले सम्म धरानमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ सय ६९ पुगेको छ ।