धनकुटा : दुवै मृगौला फेल भएर थलिएकी गोमादेवी श्रेष्ठलाई ७२ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

धनकुटा नगरपालिका ७ घर भएकी ४२ वर्षिया श्रेष्ठको उपचारमा सहयोगकालागि धनकुटा बजारका केही व्यवसायीहरुद्धारा सङ्कलित रकम प्रदान गरिएको हो ।

उनको करिब ६ महिना अघि दुवै मृगौला फेल भएको थियो । सामान्य परिवार रहेको श्रेष्ठको दुवै मृगौला फेल भएपछि अहिलेसम्म परिवारले उपचार गरिरहेको भए पनि हाल आर्थिक अभाव भएकाले रकम हस्तान्तरण गरिएको हो ।

सहयोग रकम धनकुटा बजारका व्यवसायी जयन्द्र प्रधानले हस्तान्तरण गरेका हुन । सो रकम उनै प्रधानको अगुवाइमा संकलन गरिएको थियो ।

रकम हस्तान्तरण कार्यक्रममा पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर श्रेष्ठ, व्यवसायी देवेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।