धरान : आज बिहानै धरान उपमहानगरपालिकामा १ सय १३ जना कोरोनासंक्रमित थपिएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १४८२ जना पुगेको छ । आज थपिएकाहरू इलाका प्रहरी कार्यालय धरानमा धरान उपमहानगरपालिकाले ४९ जनाको स्वाब लिएको र बाँकी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कबाट लिइएकाहरूमा कोरोना देखिएको धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।

पछिल्लो समय धरानमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनानुदिन तीव्र गतिमा बढिरहेको छ । दैनिक जसो १ सय बढीमा सङ्क्रमण देखिँदै आएकोले धरानमा कोरोना संक्रमणदर उच्च हुँदै गएको मा स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गर्दै आएका छन् ।