धरान : इटहरी उपमहानगरपालिकामा आज बिहानै १ सय १६ जना कोरोना सङ्क्रमित थपिएका छन् । 
 
इटहरी उपमहानगरपालिकाले दिएको जानकारी अनुसार असोज २३,२४ र २५ गते स्वाब लिइएका मध्येबाट १ सय १६ जनामा कोरोना पुष्टि भएको हो ।

 यो सँगै इटहरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९५ पुगेको छ भने इटहरीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ ।