धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मोरङको बेलबारीका एक जना कोरोना सङ्क्रमित युवाको मृत्यु भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सह प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मोरङको बेलबारी १० निवासी ३७ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको हो ।

यो सँगै प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको प्रतिष्ठानले जनाएको छ ।