धरान : मोरङको रतुवामाई १० सातमेडी बस्ने २४ बर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।

हिजो अपरान्ह ४ बजे आफ्नै घर छेउमा मोटर जडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु बेहोस भएका थिए ।

उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको साँझ साढे ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।