धरान : प्रदेश १ मा आज ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

सुनसरीको धरानमा १३ महिला १४ पुरुष गरी २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसै गरी इटहरी उपमहानगरपालिकामा १ महिला ३ पुरुष गरी ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको सुन्दर हरैचामा ३, उर्लाबारी नगरपालिकामा १, विराटनगर महानगरपालिकामा १ र कटारी गाउँपालिकामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उता झापाको दमक नगरपालिकामा २, बिर्तामोड नगरपालिकामा ४ जना र भद्रपुर नगरपालिकामा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो सँगै प्रदेश १ मा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७२६७ पुगेको छ । ९२१५ जनाले कोरोना जितेका छन् भने अहिले प्रदेश १ मा ७८९३ जना आइसोलेसनमा रहेका छन् भने मृत्यु हुनेको सङ्ख्या १५९ पुगेको मन्त्रालयले जनाएको छ ।