दसैँ आयो! दसैँ आयो! भन्दा भन्दै दसैँले बिदा माग्न थालिसकेको छ। आज टिकाको तेस्रो दिन द्वादशी, आज पनि मान्यजनबाट दशैँको टिका र जमरा लगाइँदैछ । हिजो र अस्ती टिका लगाउन नभ्याएका र टाढा रहेका आफन्त तथा मान्यजनकहाँ पुगेर आज पनि टिका लगाउने क्रम जारी छ।

परपरका आफन्त अनि छोरी चेलीहरु टीको थाप्न आउने क्रम अझै चलीरहेको छ। हिजोको एकादशीको व्रत बस्नुभएकाहरुले आज सबेरै खाना तथा फलाहार गर्नु हुन्छ, र गर्न जरुरी पनि छ। आज टिकाको तेस्रो दिन सम्म आईपुग्दा माईत मावल सबैतिरबाट धैरेले आशिष थापिसक्नुभएको छ र धेरैले अझै मायारूपी आशिषका शब्दहरूले आफुलाई उर्जाशील बनाउँदै हुनुहुन्छ ।

माता दुर्गाको महाप्रसादका रूपमा रहेको रातो अक्षता र हरीया पहेंला जमरा ग्रहणगर्न एवम् निधार खाली नराख्न, अग्रजका आशिष ग्रहण गर्न आज पनि मानिसहरूलाई चटारो नै छ तर यस कोरोना कहिले गर्दा प्राय: मानिसहरू समाजिक सञ्जाल बाटै आफ्ना आफन्त सँग भेटघाट गरिरहेका छन्।

यसपाली बाटोमा विगतका वर्षको जस्तो मानिसहरूको भिडभाड पनि छैन र सार्वजनिक यातायातहरुमा पनि मानिसहरूको चाप सामान्य रहेको छ।