पथरी : मोरङको उर्लावारी नगरपालिका-४ आईतवारेमा मोटरसाईकलको ठक्करबाट पैदलयात्री कानेपोखरी गाउँपालिका-२ की ४५ बर्षीया भिम कुमारी पुरीको मृत्यु भएको छ ।

मंगलवार अपरान्ह पौने ५ बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को २६ प ९२६१ नम्बरको मोटरसाईकलले ठक्कर दिंदा घाईते भएकी पुरीलाई उपचारको लागी अरनिको अस्पताल उर्लावारी पठाईएकोमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाईकल र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।