धरान : धरान १० का कोरोना सङ्क्रमितको बुधवार दिउसो लडेर मृत्यु भएको छ ।

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार केही दिन अघि देखि बिरामी रहेका धरान १० का ४८ वर्षीय पुरुषले हिजो बीपीमा पिसिआर परीक्षण गर्दा आज बिहान कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

कोरोना पोजेटिभ रिपोर्ट आएर पनि होम आइसोलेसनमा बसेका उनी घरमा बाथरुममा लडेर बेहोस भएका थिए । उनलाई अस्पताल लानका लागि एम्बुलेन्स घरमा पुग्दा उनको घरैमा मृत्यु भइसकेको स्वास्थ्य महाशाखा प्रमुख मेहेताले बताए ।

यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४५ पुगेको छ । मृतकको आजै शव व्यवस्थापन गरिसकिएको छ ।