धरान : धरानमा बुधवार साँझ थप ५१ जना कोरोना सङ्क्रमित थपिएका छन् ।यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २६२७ पुगेको छ ।

थपिएका कोरोना सङ्क्रमित सबैको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेल्प डेस्कमा लिईएको स्वाब मध्येबाट ५१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताए ।

धरानमा अहिले सम्म कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्य ४५ पुगेको छ ।