धरान : वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा रहेका ८ वटै भेन्टिलेटरले पुर्ण रुपमा काम गरीरहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताएका छन ।

अस्पताल निर्देशक साहले बिहिबार कोभिड अस्पतालको आकस्मिक निरिक्षण गर्दै भेन्टिलेटर र बेडको अवस्था बुझेका थिए। प्रतिष्ठानको कोभिड अस्पतालको सामग्री बिग्रीएको र विरामीको राम्रो उपचार र हेरचाह नभएको भन्ने अफवाहको फैलिएको भन्दै अस्पतालको वास्तवीक अवस्था बुझ्नका लागी निरिक्षण गरीएको उनले बताए ।

'भेन्टिलेटरलाई फंसनिङ गराई राख्नकालागी हामी संग इन्जिनियर छन र हरेक विहान भेन्टिलेटरको जाँच्नका लागी निर्देशन दिएको छु' उनले भने । हामीले आज निरिक्षण गर्दा ८ वटा नै भेन्टिलेटरले काम पुर्ण रुपमा गरीरहेको देखिएको उनले बताए। 

BP-Director-ob-2

'कोभिड अस्पतालको कन्ट्रोल रूममा गएर हेर्दा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु गम्भीर प्रकृतिका बिरामीको स्वास्थ्य स्थित प्रत्यक्ष रुपमा जाँचबुझ गरीरहेका थिए । सबै आफ्नो डिउटी निभाइरहेका थिए, कुनैपनि कमजोरी थिएन ' निर्देशक साहले भने।

'अस्पतालको प्रत्येक बेडमा अक्सिजनको पाईपलाईन पुर्‍याउने कार्य समेत भईरहेको उनले बताए। अबको १०-१२ दिनमा मेन अक्सिजन प्लान्टबाट पाईपलाईनिङ गरी सिधै कोभिड अस्पतालमा पुर्याउनेछौ । कुनै पनि हालतमा यो कार्य सम्पन्न गर्नका लागी लागीपरेका छौ' निर्देशक साहले भने ।

'दशैं लगत्तै हामी कोभिड अस्पतालको थप स्तरोन्नतीमा लागीरहेका छौ' उनले भने, अस्पताल बाहिर भने केही फोहोरहरू रहेकोले त्यसलाई नियमित सरसफाई गरी त्यसको समेत उचित व्यवस्थापनका लागी निर्देशन दिएको र कोभिड अस्पतालको कमि कमजोरी तथा विरामीको उपचार र मृत्यु लगायतको विषयमा रिभ्यु हुँदै गरेको निर्देशक साहले बताए । चाँडै नै त्यस विषयका जानकारीहरू सार्वजनिक गर्ने उनले बताए ।