धरान : धरान उपमहानगरपालिकाको एक जना कर्मचारी र एक जना स्वास्थ्यकर्मी सहित ४२ जना थप कोरोना संक्रमित थपिएका छन् ।

शुक्रवार साँझ अबेर आएको रिपोर्ट अनुसार धरान उपमहानगरपालिकाले लिएको स्वाब र बीपीको हेल्प डेस्कमा लिइएको स्वाबको नमुना मध्येबाट ४२ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले बताएका छन् ।

यो सँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७१५ पुगेको छ ।