झापा : झापाको गौरीगञ्ज गाउँपालिकाका एक जना कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछी बस्ने ७१ वर्षीय एक वृद्धको आज बिहान उपचारका क्रममा धरान स्थित बिपी कोभिड अस्पतालमा मृत्यु भएको गौरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

गत कार्त्तिक १ गते ती वृद्धको पिसिआर परिक्षणको पिोर्ट पोजेटिभ आएको थियो । गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ती वृद्ध दम र मुटु सम्बन्धी रोगबाट ग्रसित थिए ।

कोरोना पोजेटिभ देखिएपछि उपचारका लागि विराटनगर स्थित नोबेल अस्पताल लगिएको थियो । त्यहाँ उपचारमा बढी पैसा लाग्ने भएपछि केही दिन यता देखी उनलाई फर्काएर गौरीगञ्जमै रहेको कोभिड अस्पतालमा ल्यईएको थियो ।

पुन: कार्त्तिक ७ गते ती वृद्धलाई धरान लगिएको थियो ।