उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरमा खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

हिजो साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन ।

वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।