झापा : झापाको मेचीनगर नगरपालिका-१५ हल्दिबारी एरियाबाट प्रहरीले एक लाख मुल्य बराबरको पटका बरामद गरेको छ ।

सो एरिया स्थितमा पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका पटकाहरु बरामद गरेको हो ।

लुकाई छिपाई राखीएको अवस्थामा पटकाहरु बरामद गरिएसंगै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।