धरान : धरानमा शनिवार साँझ थप १३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने धरान-९ का एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

शनिवार साँझ धरानमा थप १३ जना कोरोना संक्रमित थपिएसँगै धरानमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या २७२८ पुगेको छ ।

यसै गरी शनिवार धरान-९ का एक जना कोरोना संक्रमित अन्दाजी ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । ९ का वडाध्यक्ष रत्नबहादुर कटुवालका अनुसार कोरोना सङ्क्रमण पुष्टि भएर होम आइसोलेसनमा बसेका उनलाई श्वास फेर्न गाह्रो भएकोले बीपीको कोभिड अस्पताल लगिएको थियो । उनको कोभिड अस्पतालमै मृत्यु भएको हो । परिवारले बीपीबाट विराटनगर लाने तयारी गर्दै गर्दा उनको मृत्यु भएको वडाध्यक्ष कटुवालले बताए ।

 मृतकको शव व्यवस्थापन आइतबार सरकारी शव व्यवस्थापन टोलीले गर्ने बताइएको छ ।