पथरी : मोरङको उर्लाबारी-४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिवार साँझ अन्दाजी वर्ष ३० कि एक महिलाको शव बीभत्स अवस्थामा फेला परेको छ ।

पूर्वपश्चिम राजमार्गमा भेटिएको सो शवको पहिचान खुल्न सकेको छैन । घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परि मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटनास्थलको प्रकृति हेर्दा गाडीले हानेर महिलाको मृत्यु भएको हुन सक्ने अनुमान छ । अहिले महिलाको शव पोस्टमार्टमको लागि मगलबारे अस्पतालमा राखिएको छ ।

प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।