झापा :  झापाको गौरादह नगरपालिका वडा नं. ४ मिलन चोकका ७२ वर्षीय १ वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

होम आइसोलेसनमा रहेका वृद्धको हिजो राती करिब ८ः १५ बजे मृत्यु भएको मृतकका छोराले बताए । विगत २० वर्ष देखि दीर्घ रोगी वृद्धलाई गत कार्तिक १३ गते मात्र कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि उनलाई दमक स्थित निम्स हस्पिटलमा कोरोना को शङ्का लागेपछि कोरोना परीक्षण गर्दा कोरोना पुष्टि भएको परिवारका एक सदस्यले जानकारी दिए ।

मृतक वृद्धको शव आज बिहान नेपाली सेनाको शव व्यवस्थापन टोलीले स्थानीय किस्ने घाटमा शवलाई अन्तिम संस्कार गर्ने गौरादह नगरपालिका वडा नं. ४ का वडाध्यक्ष मणिन्द्र कार्कीले जानकारी दिए ।

हालसम्म कोरोना सङ्क्रमणका कारण गौरादह-१ का ३ जना पुरुष र ६ का १ जना पुरुष र गौरादह-४ का १ पुरुष गरी ५ जना पुरुषको कोरोनाका कारण मृत्यु भई सकेको गौरादह नगरपालिका स्वास्थ्य शाखा सह-संयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।